
विराटनगर । नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक फुटबल खेल्दैछ । खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ ।
आजको खेलमा राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् ।
यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमबार भएको खेलमा साम्बाको २ गोल मद्दतले भारतलाई २-१ ले हराएको थियो ।
यसअघि भोलि बिहीवार हुने भनिएको खेल आजका लागि सारिएको हो । नेपाल र भारतबीच आजको खेलले फिफाको अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

संगालोखबर 













