संगालोखबर

विराटनगर । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट २० सहित ७५ जना मनोनित भएका छन् । काठमाडौंमा बुधबार भएको केन्द्रीय कमिटी बैठकले ७५ जनालाई केन्द्रीय कमिटीमा थप गरिएको जानकारी दिएको हो ।

Advertisement

थप भएका केन्द्रीय सदस्यमध्ये मोरङबाट सात जना छन् । कोशीका पूर्वमन्त्रीसमेत रहेका उपेन्द्र घिमिरेसहित अमृतकुमार सुब्बा, इन्द्र सुब्बा, गीता थापा, चन्द्रकला सुब्बा, मीरा दाहाल र लक्ष्मीकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

यस्तै इलामबाट प्रमिला बस्नेत, मिसन चाम्लिङ र रामचन्द्र पराजुली, ओखलढुंगाबाट अमृतसागर बस्नेत, उदयपुरबाट केदार राई र सुष्मा राई तथा सुनसरीबाट केशव तिमिल्सिना, झापाबाट खेमराज पौडेल र बासुदेव दुलाल केन्द्रीय कमिटीमा मनोनित भएक छन् ।

भोजपुरबाट गीता राई, पाँचथरबाट प्रेम रिजाल, संखुवासभाबाट सुमुना श्रेष्ठ र भोजपुरबाट हरि काफ्ले मनोनित भएका छन् । एकीकृत समाजवादीको ३४५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपिएपछि अब ४२० सदस्यीय केन्द्रीय कमिटी बनेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!