
सिन्धुली । विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-६ चैनपुरमा बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगिएकोमा ओमबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् । उनीहरूलाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार सडकबाट करिब ४२ फिट तल खसेको छ ।

संगालोखबर 













