संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रमा देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

Advertisement

उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । नेपालको आर्थिक क्षेत्रमा देखापरेको समस्या क्रमशः समाधान हुँदै गइरहेको परिवेशमा गत भदौ २३ र २४ गते भएको प्रदर्शनले स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित भएको जनाएका छन् ।

निजी उद्योग, सुपरमार्केट, कलकारखाना, सञ्चार क्षेत्रमा तोडफोड र आगजनी भई उत्पन्न भएको असुरक्षाका कारण लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था सिर्जना भएकाले यसतर्फ ध्यान दिएर वार्ता र संवाद गर्दै सुरक्षाको प्रबन्ध मिलाएर उद्योग सञ्चालन गर्ने वातावरण बनाउन मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।

निजी क्षेत्र र सरकारबीच लामो समयसम्म असमझदारी रहनु दुखद हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसको बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नुपर्नेमा जोड दिए । अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ निजी क्षेत्र रहेकाले राज्य अभिभावक बन्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!