पाँचथरका युवक पुगे सगरमाथा चुचुरो
विराटनगर । पाँचथरका एकजना युवा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–३ का ३३ वर्षीय उदय केरुङ सर्वोच्च शिखर आरोहण गर्न सफल भएका हुन् ।
उनी आइतबार बिहान करिब ६ बजे सगरमाथाको चुचुरो पुगेका हुन् । यसअघि उनले मेरा पिक र मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । सर्वोच्च शिखर आरोहण गर्ने उनी पाँचथरका दोस्रो व्यक्ति बनेका छन् ।
सगरमाथा आधार शिविरबाट आरोहण द...






























