संगालोखबर

जनकपुरधाम । कारले ठक्कर दिँदा जनकपुरमा आज बिहान मोटरसाइकलमा सवार पत्रकारको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ‘जनकपुर अनलाइन’ का पत्रकार ३२ वर्षीय शिवेन्द्र रोहिता रहेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बसेका २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!