संगालोखबर

झापा । घर निर्माणको काममा संलग्न एकजना कामदारको झापाको बिर्तामोडमा चारतले घरको छतबाट खसेर मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा छतबाट खसेर भारतको बोतलबारी घर भएका २० वर्षीय चामाल हकको मृत्यु भएको हो ।

Advertisement

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा शवको पोस्टमार्टम गराई मृतकका परिवारलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!