संगालोखबर
फाइल तस्वीर ।

विराटनगर । १० महिनायता कोशी प्रदेशका विभिन्न जिल्लासहित देशभरि ५ हजार १३० वटा डढेलोका घटना भएको छ । वन तथा भू–संरक्षण विभागले सार्वजनिक गरेको ताजा तथ्यांकमा यो जानकारी दिइएको हो ।

कोशी प्रदेशका धनकुटा, भोजपुर, खोटाङ, इलाम, ओखलढुंगालगायत जिल्लामा बढी डढेलोका घटना भएका छन् । वन क्षेत्रको डढेलो आसपासका बस्तीसम्म पुग्दा आधा दर्जनभन्दा बढीको मृत्यु भएको छ । दर्जनौं घरमा क्षति पुगेको छ ।

Advertisement

विभागको तथ्यांक अनुसार वैशाख महिनामा मात्रै तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ । विभागका अनुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा १०३ आगलागीका घटना भएका थिए ।

यसैगरी, माघमा जम्मा ८३ वटा आगलागीका घटना भएका थिए भने फागुनमा डढेलाको सङ्ख्या बढेर २०६ पुगेको जनाइएको छ । सुक्खा याम सुरु भएसँगै चैतमा डढेलोका घटना निकै बढेको तथ्यांक छ ।

विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार १३० वटा आगलागीका घटना भएका छन् । विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!