संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशी राजमार्गको विराटनगर–इटहरी खण्डमा आज बिहान भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ । विराटनगरको पिपल चोकनजिक भएको दुर्घटनामा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बरगाछीबाट उत्तरतिरको गन्तव्यका लागि जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर महानगरपालिका–२ पिपल चोकमा दुर्घटनामा भएको प्रहरीको भनाइ छ ।

Advertisement

दुर्घटनामा विराटनगर–५ का चालक ३८ वर्षीय राजेन्द्रप्रसाद यादव गम्भीर घाइते भएका थिए । उनको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । गुडिरहेको कार अनियन्त्रित भइ सडकबीचको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!