धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ नुनथलामा आज दिउँसो बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
इटहरीबाट वसन्तपुरतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको प्र १-०४-००१ प १८०७ नम्बरको मोटरसाइकल दिउँसो करिब १ बजे आपसमा जुधेका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ का ३५ वर्षीय रविकिरण लिम्बू घाइते भएको प...




























