संगालोखबर

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ७ः१३ बजे कोशी प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा भूकम्पले हल्लाएको छ । भूकम्प जाँदा कतिपय मानिसहरू घर बाहिर निस्किएका थिए ।

सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  त्यस्तै, बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!