संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको धनपालथानमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको गएराति मृत्यु भएको हो ।

विराटनगर–रंगेली सडकखण्ड अन्तर्गत गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

Advertisement

गम्भीर घाइते भएका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्याक्टर चालक फरार छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!