संगालोखबर
फाइल तस्बिर

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनस्ट्रीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चारजना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।

हेलिकोप्टरका पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।

Advertisement

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!