संगालोखबर

विराटनगर । क्यानाडामा रहेका नेपाली मूलका चारजना फुटबल खेलाडीले प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्ने अवसर पाएका छन् । टोरन्टो नेपाली फुटबल क्लब (टिएनएससी) मा आवद्ध उनीहरू आफ्नो खेल कौशल प्रदर्शनका लागि छनौटमा परेका हुन् ।

Advertisement

ला मासिया एकेडेमीमा यो अवसर पाउनेमा १६ वर्षीय मिडफिल्डर सागर थापा, १६ वर्षीय फरवार्ड हिमाल थापा, १४ वर्षीय  डिफेन्डर सबी बस्नेत र १७ वर्षीय गोलकिपर सक्षम भट्टराई रहेको टिएनएससीका मुख्य प्रशिक्षक रमेश थापाले जानकारी दिए ।

केहीअघि क्यानाडाको टोरन्टोमा आयोजना गरिएको फुटबल क्याम्पको समयमा उनीहरुको खेल कौशलका कारण बार्सिलोना क्लबको ध्यान तानेको थियो । फुटबलप्रति उनीहरूको असाधारण कौशल, समर्पण र लगावका कारण छानिएका हुन् । 

उनीहरूले आगामी अक्टोबर १४ देखि २१ सम्म प्रतिष्ठित ला मासिया एकेडेमीमा आफ्नो खेल कौशल प्रदर्शन गर्ने छन् । त्यहाँ राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीका लागि अवसरका थप ढोका खुल्ने छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!