संगालोखबर

धनकुटा । मोरङको सुन्दरहरैँचाका युवा कवि सिजन श्रेष्ठको कविता संग्रह ‘हावामा अल्झिएको स्वर’ को लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।

Advertisement

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कृतिको लोकार्पण गरेका थिए । सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचामा बस्दै आएका छन् ।

५३ वटा कविता समावेश गरिएको सङ्ग्रहको डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गरेका थिए । समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको र प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचित कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण र वैज्ञानिक समेत रहेको टिप्पणी गरेका थिए ।

श्रेष्ठका कविता झट्ट पढ्दा बुझ्न नसकिए पनि गहिरिएर अध्ययन गर्दा सुन्दर शब्द संयोजन र अर्थ पाइने समीक्षकहरुको भनाइ छ । उनको लेखन शैलीमा प्रकृतिसँगको गहिरो सम्बन्ध र मानवीय संवेदनाको सूक्ष्म चित्रण पाइन्छ । यस्तै, गरिबी र परदेशिनुको पीडालाई पनि कविताको विषयवस्तु बनाइएको छ ।

आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको कवि श्रेष्ठले बताए । हावामा उबेला अभिव्यक्त गर्न नसकिएको स्वर नै यो कृतिमा राखिएको र पारिवारिक परिवेश बुवा आमासँगको प्रेरणाले सानै उमेरदेखि लेखनमा लागेको उल्लेख गर्दै आएको कवि श्रेष्ठले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!