एक हप्तामा छथर जोरपाटीका १६६ जनाले लिए अपाङ्गता परिचय पत्र
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका १६६ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् । करुणा फाउण्डेशनको सहयोगमा गाउँपालिकाले ६ वटै वडामा शिविर सञ्चालन गरेर परिचय पत्र वितरण गरेको हो ।
पुस २१ गतेदेखि ७ दिनसम्म सञ्चालित शिविरमा ३९४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा ४ जना स्वास्थ्यकर्मी खटाएर अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरी परिचय पत्र वितरण गरिएको हो । १० जनालाई (क) वर्गको रातो,...