संगालोखबर सम्बाददाता

मोरङ । धनकुटाको राजारानीस्थित रारा फुटबल क्लबले मोरङको बेलवारीमा सञ्चालित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेलबारी–३ स्थित प्रस्तावित बेलबारी रंगशालामा भएको फाइनलमा झापाको सताक्षीधाम स्पोटिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै राजारानीले उपाधि जितेको हो ।

Advertisement

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा राजारानीका बुद्ध चेम्जोङ, उमेश कार्की, सुनिल खड्का र सूर्य अधिकारीले समान एक÷एक गोल गरे । यता, झापाका प्रमोद चौधरी, एन्जल गुरुङ र शिशिर लेखीले गोल गरेका छन् । उपाधिसँगै राजारानीले ५१ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता झापाले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ दि म्याच घोषित हुँदै राजारानीका प्रवेश दनुवारले २ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएका छन् । यता, उत्कृष्ट गोल किपर बन्दै राजारानीका सूर्य अधिकारीले ५ हजार ५ सय ५५ नगद पुरस्कार जितेका छन् । प्रतियोगितामा राजारानीका प्रशिक्षक सुक्पाल चेम्जोङ उत्कृष्ट प्रशिक्षक, झापाका सनजित राई उत्कृष्ट डिफेन्स, बेलबारी फुटबल क्लबका हुइलसन गिरी वेस्ट राइजिङ प्लेयर, राजारानीका शिशिर लेखी सर्वाधिक गोल कर्ता र राजारानीकै एन्जल गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आफ्नो क्लवका खेलाडी स्व.सन्जोग लिम्बूको स्मृतिमा बेलबारी फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो । १० दिनसम्म सञ्चालित प्रतियोगितामा उपाधिका लागि १० टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!