धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले फरक क्षमता (अपांगता) भएका ६ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औं अपाङ्गता दिवशको अबसर पारेर बिहिबार प्रत्येक वडाका एक/एक जना पर्ने गरी फरक क्षमता भएका एक उद्योगी, दुई विद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
सम्मानित तथा पुरस्कृत हनेहरुमा वडा नं.१ र ५ का विद्यार्थी रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ का कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू, सिरबहादुर काफ्ले र वडा नं.४ का ब्यवसायी झप्टबहादुर लिम्बू छन् ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्ष भीमकला श्रेष्ठले उनीहरुलाई नगद, प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान एवं पुरस्कृत गरेको गाउँपालिकाका कर्मचारी रविन्द्र रणपहेलीले जानकारी दिए ।