संगालोखबर


विराटनगर । मोरङको लेटाङ की अंशु गौतम र सुनसरीको रामधुनीका दिनेश कुमार चौधरीको हत्या घटनाको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

सर्वोत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार टिका राम निरौला छन् ।

Advertisement

प्रहरी नायव निरीक्षक कार्कीले सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी सफारी चालक ४५ वर्षीय  दिनेश कुमार चौधरीलाई  गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य योजनाकार नन्दकिशोर साहसहित  ७ जनालाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन मुख्य भूमिका निर्वाह गरेका थिए ।

यस्तै प्रहरी सहायक निरीक्षक नमराज कार्की र प्रहरी सहायक हवल्दार टिका राम निरौलाले मोरङको लेटाङ नगरपालिका-२ की १२ वर्षीया अंशु गौतमको हत्या भएको घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनीहरूले घटनामा संलग्न लेटाङ-२ का पदम बहादुर अधिकारीलाई नियन्त्रणमा लिएर कानूनी कारवाहीको दायरामा ल्याउन उल्लेखनीय भूमिका खेलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!