- संगालोखबर सम्बाददाता

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतवार सकिएको छ । पुस १७ गतेबाट सुरु भएको अधिवेशन १० दिनको अवधिमा ४ पटक बैठक बसेर सकिएको हो । राष्ट्रपतिबाट जारी गरिएका ७ वटा अध्यादेश यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन् ।

Advertisement

अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान भएकाले मन्त्रिपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रिसभामा पठाएकी थिइन् ।

राष्ट्रपति भण्डारीले पठाएको अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!