संगालोखबर सम्बाददाता

बिराटनगर । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्वीहरुले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवका अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाउँने गरिन्छ ।

Advertisement

क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन् गर्नुका साथै प्रेम पूर्वक शुभकामना तथा उपहार आदानप्रदान गर्ने चलन छ । देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमसका अवसरमा सरकारले आज क्रिश्चियन धर्मावलम्वीहरुलाई विदा दिएको छ ।

जिजस क्राइष्ट पनि भनिने येशुको २ हजार वर्षअघि जेरुसेलमको बेथलेहममा जन्म भएको थियो । मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैँ क्रुसमा चढेको विश्वास गरिन्छ । समुदायमा उनको योगदानको सम्झनामा इस्वी संवत् सुरु गरिएको विश्वास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!