संगालोखबर सम्बाददाता

मोरङ । मोरङको रतुवामाई नगरपालिका–८ मा जुवा, तास खेल्दै गरेको अवस्थामा १६ जना पक्राउ परेका छन् । स्थानीय सागर गड्तौलाको घरमा जुवा, तास खेलिरहेको अवस्थामा शुक्रवार राती साढे ११ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रतुवामाई–७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई र ४० बर्षीय नारायण चुडाल छन् । त्यस्तै, रतुवामाई–८ का ४४ बर्षीय सन्तबहादुर राई, ३५ बर्षीय सागर गड्तौला, ४५ बर्षीय दिपक ढुङ्गाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका–७ का २२ बर्षीय गणेश श्रेष्ठ पक्राउ परेका छन् ।

बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । तास तथा जुवा खेलिरहेको स्थानबाट १६ थान कौडा, एक बुङ तास, १६ बटा मोबाइल र १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै १९ वटा मोटरसाईकल र दुई वटा कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!