काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमवार बसेको बैठकले न्यौपानेलाई महाप्रवन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।
रिक्त रहेको महाप्रबन्धक पदका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा गठित छनोट समितिले न्यौपानेसहित ध्रुवबहादुर देवकोटा र भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले नेपाल व्यवसायिक पहल (एनबीआई) का सचिवसमेत रहेका न्यौपानेलाई चार बर्षे कार्यकालका लागि महाप्रवन्धक नियुक्त गर्ने निर्णय लिएको हो ।
२०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका–११ जलजलेमा निर्माण भएको उदयपुर सिमेन्ट उद्योग नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । यो उद्योगबाट गैडा छाप सिमेन्ट उत्पादन हुँदै आएको छ ।