कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

काठमाडौं । सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार, कोरोना बीमाको भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधनका बारेमा पनि छलफल गरेका हुन् ।...
वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

काठमाडौं । स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्...
विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६-०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत ह...
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले लिए अवकाश

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले लिए अवकाश

काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले चार बर्षे कार्यकाल सकेर आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । ३५ वर्षको बैंकिङ्ग करियरमा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको अनुभव बटुलेका भण्डारीले विहिबार जिम्मेवारीबाट अवकाश लिएका हुन् । बैंक सञ्चालक समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेव...
बिर्तामोडमा सहकारीकी कलेक्टर युवतीको शव फेला

बिर्तामोडमा सहकारीकी कलेक्टर युवतीको शव फेला

झापा । झापाको बिर्तामोडमा आज एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका–५ की २६ बर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो । आफू बस्ने घर अगाडि सडक किनारमा उनको शव फेला परेको हो । बिहान बाटो हिँड्ने मानिसले गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्दै आएकी थिइन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्य...
धनकुटामा घरबाटै चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटामा घरबाटै चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट चोरी भएको मोटरसाइकल संखुवासभामा फेला पारेको छ । धनकुटा नगरपालिका–६ पात्ले खोलास्थित घरबाटै चोरी भएको सुजन सुवेदीको को ३२ प ३३२० नम्बरको मोटरसाइकल संखुवासभाको पाचखपन–६ सकुवामा फेला परेको हो । मोटरसाइकल फेला परेपछि प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाचखपन नगरपालिका–६ का २१ बर्षीय किरण गदाललाई पक्राउ गरेको छ । पात्लेखोलास्थित सुवेदीको घरबाटै गत जेठ ८ गते राती मोटरसाइकल चोरी भएको ...
२०७८ असार ११ गते शुक्रबारको राशिफल

२०७८ असार ११ गते शुक्रबारको राशिफल

बि.सं. २०७८ साल असार ११ गते शुक्रबार ई.सं.२०२१ जुन २८ नेपाल सम्बत ११४१ बछलागा पारु, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष पारु तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, ब्रहा्र योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः९ बजे, सूर्यास्त साँझ ७:३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको या...
भोजपुरको पर्यटन पूर्वाधारमा लगानी बढ्दै

भोजपुरको पर्यटन पूर्वाधारमा लगानी बढ्दै

भोजपुर । दशवर्षे शसस्त्र द्वन्द चपेटामा परेको भोजपुर विकासतर्फ लम्कदै छ । मध्यपहाडी लोकमार्ग कच्ची हुँदै कालोपत्रे बनेको छ । जसले एकाएक समृद्धिको लहरहरु ल्यायो । संघिय संरचनाले अझै नयाँपन दिएको छ । गाउँगाउँसम्म सडक पुगेका छन् । विद्युत्तीकरणले गाउँबस्तीहरु अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्थिक श्रोतका प्रशस्त सम्भावनालाई उजागर गरेको छ । विकास र समृद्धितर्फ उन्मुख भोज...
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरिद गर्ने

धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरिद गर्ने

सुनसरी । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक व...
संसद पुर्नस्थापना गर्न धनकुटाका पाँच दलको माग

संसद पुर्नस्थापना गर्न धनकुटाका पाँच दलको माग

धनकुटा । धनकुटामा क्रियासिल पाँच दलले संसद पुर्नस्थापनाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको धनकुटा नगर कमिटिले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर संसद पुर्नस्थापनाको माग गरेका हुन् । कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठ, माओवादी केन्द्रका नगर सभापति खगेन्द्रकुमार बिष्ट, नेकपा एमाले (माधव प...
साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा

साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा

काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिए...
कोरोना संक्रमितको घर-घरमा पुग्दै धनकुटाको महालक्ष्मीका मेयर र उप-मेयर

कोरोना संक्रमितको घर-घरमा पुग्दै धनकुटाको महालक्ष्मीका मेयर र उप-मेयर

धनकुटा । कोरोना संक्रमितको आत्मावल बढाउँनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुग्न थालेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर उनीहरुलाई स्वास्थ्य परामर्श दिदैं रोगसँग लड्ने आत्मावल बढाउँनका लागि जनप्रतिनिधिहरु संक्रमितहरुको घर–घर पुग्न थालेका हुन् । उनीहरुले संक्रमितसँग भौतिक दुरी कायम गरी भेट गरेर खान...
२०७८ बैशाख १५ गते बुधवारको राशिफल

२०७८ बैशाख १५ गते बुधवारको राशिफल

बि.सं.२०७८ साल बैशाख १५ गते बुधवार ई. सं. २०२१ अप्रील २८ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण प्रतिपदा, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ६ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा रा...
२०७७ चैत २३ गते सोमवारको राशिफल

२०७७ चैत २३ गते सोमवारको राशिफल

बि.सं.२०७७ साल चैत्र २३ गते सोमवार ई. सं. २०२१ अप्रील ५ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा धनु राशिमा उत्तरषाढा नक्षत्र, शिव योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै ...
धनकुटाको चुलिबनमा डढेलो: एउटा घर जल्यो, आगो अनियन्त्रित हुँदा बस्ती जोखिममा

धनकुटाको चुलिबनमा डढेलो: एउटा घर जल्यो, आगो अनियन्त्रित हुँदा बस्ती जोखिममा

धनकुटा । धनकुटा नगरपालिका–७ चुलिबनमा लागेको डढेलो बस्तीमा पस्दा एउटा घर जलेर नष्ट भएको छ । शनिवार दिउँसो करिब ३ बजेबाट सुरु भएको डढेलो तीब्र रुपमा फैलिएको छ । चिरविरे चौतारा आसपास क्षेत्रबाट सुरु भएको डढेलो भीरालो जंगलमा हावाहुरीका कारण तीव्र रुपमा फैलिएर बस्तीमा आइपुगेको हो । डढेलोले चुलिबन नजिकको एउटा घर जलेर नष्ट भएको धनकुटाका डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए । ‘हावाहुरीका कारण आगो व्याप...
धनकुटामा चैत २० देखि हात्तीपाइलेविरुद्धको औषधी खुवाइने

धनकुटामा चैत २० देखि हात्तीपाइलेविरुद्धको औषधी खुवाइने

धनकुटा । धनकुटामा चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले जिल्ला सदरमुकाममा आज कार्यक्रम आयोजना गरेर हात्तीपाइलेविरुद्धको औषधी खुवाउँने तयारी भइरहेको जानकारी दिएको हो । धनकुटामा यसअघि ९ पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइएको छ । अझै रोग निवारण नभएकाले पुनः औषधी खुवाउँन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाइले बताए । धनकुटामा गतबर्ष ६...
२०७७ चैत्र १७ गते मंगलवारको राशिफल

२०७७ चैत्र १७ गते मंगलवारको राशिफल

बि.सं.२०७७ साल चैत्र १७ गते मंगलवार ई. सं. २०२१ मार्च ३० नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण द्धितीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्याघात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुड खाएर ...
वडासदस्यको पैसाले शहिदभूमिको ढोलमुखामा प्रवेशद्वार बनाईने

वडासदस्यको पैसाले शहिदभूमिको ढोलमुखामा प्रवेशद्वार बनाईने

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं २ स्थित ढोलमुखामा ढोलमुखा प्रवेशद्वार बन्ने भएको छ । जनप्रतिनिधिहरुको सहयोगमा खाल्साथुम यूवा क्लबले प्रवेशद्वार बनाउन लागेको हो । वडा नं २ का वडा सदस्य सोम बहादुर मगरको १ लाख र वडा महिला सदस्य सुनसरी राईको १ लाख आर्थिक सहयोगमा ढोलमुखा प्रवेशद्वार निमार्ण गर्न लागिएको खाल्साथुम छिन्ताङ यूवा क्लबका अध्यक्ष बसन्त राईले जानकारी दिए । प्रवेशद्वार निर्माण...
धनकुटामा विद्यार्थीले जलाए क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला

धनकुटामा विद्यार्थीले जलाए क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले क्याम्पस परिसरमै क्याम्पस प्रमुख होमबहादुर बस्नेत र सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको पुत्ला जलाएका हुन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा गत सोमबार मानविकी संकायका सहायक क्याम्पस...
विराटनगरमा सुनसान भए कोभिड अस्पताल, हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगरमा सुनसान भए कोभिड अस्पताल, हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगर । विराटनगर १० मा रहेको कोभिड–१९ अस्पताल बिरामी नहुँदा सुनसान बनेको छ। प्रदेश १ मा कारोनाको बिरामी दिनादिनै बढ्न थालेपछि प्रदेश सरकारले  सञ्चालन गरेको अस्पतालमा अहिले बिरामी छैनन् । ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरेको थियो । नेपाल सरकारले निर्धारण गरेको मासिक तलब खाने अस्पतालका कर्मचारी अहिले हाजिर गरेर दिन बिताउने गरे...
चौबिसे रनिङ कप फुटबल : राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश

चौबिसे रनिङ कप फुटबल : राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश

धनकुटा । धनकुटाको राजारानीमा जारी दोस्रो चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको बिहिबारको क्वाटर फाइनल खेलमा बिजयी बन्दै राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश गरेका छन् । राजारानी खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा कुरुलेतेनुपा-४ लाई ५-० गोल अन्तरले हराउँदै राजारानी सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै, चौथो क्वाटरफाइनल खेलमा वोधेलाई ३-२ गोल अन्तरले पराजित गर्दै बसन्तटारले सेमिफाइनलको यात्रा तय...
२०७७ फागुन ११ गते मंगलबारको राशिफल

२०७७ फागुन ११ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल फागुन ११ गते मंगलबार ई.सं. २०२१ फेब्रुअरी २३ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल एकादशी, चन्द्रमा मीथुन राशिमा, आद्र्रा नक्षत्र, आयुष्मान योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः३३ बजे, सूर्यास्त साँझ ६ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा...
धनकुटा र तेह्रथुमका २० जनालाई रेडियो कार्यक्रम उत्पादन तालिम

धनकुटा र तेह्रथुमका २० जनालाई रेडियो कार्यक्रम उत्पादन तालिम

धनकुटा । धनकुटामा उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन सम्बन्धि सात दिने तालिम सम्पन्न भएको छ । रेडियो धनकुटा एफएम १०६.२ मेगाहर्जले तालिम सञ्चालन गरेको हो । तालिममा धनकुटा र तेह्रथुमका २० जना सहभागि थिए । तालिम समापन कार्यक्रममा प्रदेश नं. १ को न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने आवश्यकता औल्या...
२०७७ माघ २३ गते शुक्रबारको राशिफल

२०७७ माघ २३ गते शुक्रबारको राशिफल

बि.सं.२०७७ साल माघ २३ गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी ५ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण अष्टमी, चन्द्रमा तुला राशिमा १ः५ मीनेट सम्म त्यस पछि वृश्चिक राशिमा, स्वाती नक्षत्र, वृद्धि योग, कौलव करण बिहान १०ः२९ मिनेट सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुन...
प्रदेश १ का ३५ हजारलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइदै

प्रदेश १ का ३५ हजारलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइदै

विराटनगर । प्रदेश १ मा पनि आजबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा ३५ हजार ५७६ जना स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मीलाई खोप लगाउँने लक्ष्यसहित खोप अभियान थालिएको हो । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र बरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा खोप अभियान थालिएको छ । खोप अभियान शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास म...
बेलबारीमा स्वास्थ्य चौकी भवन उद्घाटन

बेलबारीमा स्वास्थ्य चौकी भवन उद्घाटन

बेलबारी । मोरङको बेलबारी नगरपालिका–४ मा नव निर्मित आधारभूत स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले सबै वडामा आफ्नै भवनबाट सेवा दिने गरी काम गरिरहेको बताए । बेलबारीका २, ३, ६ र १० नम्बर वडामा कार्यालय भवन निर्माण भइरहेका छन् भने १, ४, ५, ७, ८, ९ र ११ वडामा...
काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस चल्ने, व्यवसायी उत्साहित

काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस चल्ने, व्यवसायी उत्साहित

काठमाडौं । काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस सेवा सञ्चालन हुँने भएको छ । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र इलाममा काठमाडौंबाट सिधै पर्यटक ल्याउँन पर्यटक बस सञ्चालन गर्ने तयारी गरिएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियतामा फागुन पहिलो साताबाट काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मन...
पर्यटक लोभ्याउँदै इलामको पानीटार

पर्यटक लोभ्याउँदै इलामको पानीटार

इलाम । चियाबारी भन्ने बित्तिकै कन्याम र श्री अन्तुको नामले परिचित पूर्वको पर्यटकीय गन्तव्य ईलाम पछिल्लो समय पानीटारको नामले पनि चिनिन थालेको छ । पर्यटन सम्बद्ध निकायको उचित प्रर्वद्धनको अभावमा लामो समयसम्म ओझेलमा परेको पानीटार हाल पूर्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो । कतै अग्लो त कतै होचो तर मिलेको चियाबारी, अन्तु बिर्साउने चिसो हावापानी र पर्यटक तान्ने वनभोजस्थल यहाँको मुख्य आ...
खोटाङमा अदालतका खरिदार मृत फेला

खोटाङमा अदालतका खरिदार मृत फेला

खोटाङ । जिल्ला अदालत खोटाङमा कार्यरत करिदार कमलदीप ढकाल मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर–११ घर भएका ३६ बर्षीय खरिदार ढकाल बिहिबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन् । घरबेटीका अनुसार उनी बुधबार बेलुकी खाना खाएर सामान्य अवस्थामा सुतेका थिए । बिहान अबेरसम्म नउठेपछि हेर्दा कोठाभित्रै उनी मृत फेला परेका हुन् । कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा ढकाल मृत भेटिएको प्रहरीले जनाएको छ । उनको ...
गृहमन्त्री थापा धनकुटा आउँने

गृहमन्त्री थापा धनकुटा आउँने

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शनिवार धनकुटा आउँने भएका छन् । नेकपा सचिवालय सदस्यसमेत रहेका थापा केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आउँन लागेका हुन् । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली पक्षधर समूहले स्थानीय त्रिवेणी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार विहान १० बजेदेखि कार्यकर्ता भेला आयोजना गरेको छ । सोही कार्यक्रमलाई संवोधनका लागि थापा धनकुटा आ...
धनकुटामा चुनावका विषयमा सर्वपक्षिय बैठक: मतदान केन्द्र थप गर्न सुझाव

धनकुटामा चुनावका विषयमा सर्वपक्षिय बैठक: मतदान केन्द्र थप गर्न सुझाव

धनकुटा । सरकारले आगामी बैशाखमा निर्वाचन घोषणा गरेसँगै त्यसका लागि धनकुटामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न वुधवार सर्वपक्षिय छलफल गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले चुनावका विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागि राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदाताको सहजताका लागि महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका, पाख...
error: Content is protected !!