लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् । नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश...
रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित आधारभुत विद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने सो विद्यालयमा कम्पनीले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो । नुहाउन तातो पानी आउँने सोलार हिटर सिस्टम, इलेक्ट्रिक फिल्टर, खानेपानीको टङ्की २ थान र ग्यास सिलिन्डर २ थान प्रद...
पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्...
धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटा । धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्कीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे । नागरिकता प्रदान गर्नुअघि उनलाई नेपालको संविधान र कानुनको पालना गर्ने भनी लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर र सपथ ग्...
शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

धनकुटा  । पाख्रीबास नगरपालिका–३ स्थित शितला देवी अंग्रेजी माध्यमिक विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले फुटबल, क्रिकेट, रिले दौड, हाई जम्प र लङ्ग जम्प प्रतियोगिता गरेको हो । ८ सय र १५ सय मिटर दौड पनि गरिएको छ । खेलकुदमा शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागि थिए । खेलकुद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास...
धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटा । धनकुटा बजारको सुन पसलमा गएराती चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो । पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन भने जोगिएको छ । ‘सेफ फोड्ने कोसिस गरेछ, नसकेकाले त्यहाँ भएको सुन चै जोगियो,’ पसल सञ्चालक पण्डित...
जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको छ । बैंकको धनकुटा शाखा मातहत सञ्चालन हुने सो काउन्टर सोमबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रबन्धक दिपकराज न्यौपानेले संयुक्त रुपमा पर्दा उघारेर र रिबन काटेर काउन्टर उद्घाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवा...
पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

धनकुटा । पोखराका होटल व्यवसायीहरू पर्यटक बोलाउन धनकुटा आइपुगेका छन् । ‘जाउँ है पोखरा’ नाम दिइएको आन्तरिक पर्यटन प्रवर्द्धन अभियान लिएर पूर्वी नेपालको यात्रामा निस्किएका उनीहरु धनकुटेलीलाई पोखरा घुम्न निम्तो दिन आएका हुन् । उनीहरूले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानका विषयमा धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटल व्यवसायी, सञ्चारकर्मी लगायत सहभागि कार्यक्रममा पोखराका पर्यटकीय गन...
जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

विराटनगर । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो । प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा का...
पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

धनकुटा । धनकुटाको पाख्रीवासमा रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार टिम नेपो धनकुटा नामक संस्थाले रक्तदान कार्यक्रम गरेको हो । पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रको सभा हलमा आयोजना गरिएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका संयोजक सुदिप कोइरालाले जानकारी दिए । स्थानीयवासी, विद्यार्थी, अनुसन्धान केन्द्रका कर्मचारी लगायतले रक्तदान गरेका हुन् । ...
चित्रे बजारमा राँके मेलाको रौनक

चित्रे बजारमा राँके मेलाको रौनक

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको सीमास्थित चित्रे बजारमा राँके मेला लागेको छ । सोमबारबाट सुरु भएको मेला आज सकिदैछ । मेला समापनको दिन आज कलाकारहरू सन्ध्या बुढा ‘काउली बुढी’, उमेश राई ‘फुलन्देकी आमा’ र गायिका रचना रिमाल आउँदैछन् । दिउँसो करिब २ बजेपछि कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । मेलामा धनकुटा, तेह्रथुम, संखुवासभा, सुन...
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो । मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए । यसरी हेर्नुहोस् नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्नुपर्नेछ । त्यस्तै, प...
सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्...
सहिदभूमिको बजेट ४५ करोड

सहिदभूमिको बजेट ४५ करोड

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले चालु तर्फ ३१ करोड २ लाख ४८ हजार २ सय रुपैयाँ र पूँजीगत तर्फ १...
रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट

रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट

विराटनगर, १० असार । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तगर्त नेपाल सरका...
सांसद सुनिल शर्मा बने ओशो सन्यासी

सांसद सुनिल शर्मा बने ओशो सन्यासी

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्...
धनकुटामा रोजगार मेला: बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट (फोटो फिचरसहित)

धनकुटामा रोजगार मेला: बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट (फोटो फिचरसहित)

धनकुटा । धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो । कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी ...
धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

धनकुटा । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले बिहीबार कार्यक्रम गरेर धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता...
विपद् व्यवस्थापनका लागि तमोरमा पूर्वअभ्यास

विपद् व्यवस्थापनका लागि तमोरमा पूर्वअभ्यास

धनकुटा । विपद् व्यवस्थापनका लागि नेपाली सेनाले धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा पूर्वअभ्यास गरेको छ । बर्खायाममा हुने बाढी, पहिरो, कटान जस्ता विपद्का घटना व्यवस्थापनका लागि सेनाको भीमदल गण धनकुटाले पूर्वअभ्यास गरेको हो । मनसुनका बेला हुने प्राकृतिक विपत्तिका घटनामा प्रभावितहरूलाई तत्काल उद्धार गरी सहयोग पुर्याउने उद्देश्यले पूर्वअभ्यास गरिएको भीमदल गणका सह-सेनानी दिपेश बुढाथोकीले जानकारी दिए...
सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय बिरामीले पाए निःशुल्क उपचार

सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय बिरामीले पाए निःशुल्क उपचार

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु ...
ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

विराटनगर । कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरू चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्य अङ्गमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेसन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका बिरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया ...
भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस

भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस

विराटनगर । भारतको पाउन्सरालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ । आज बिहान ५ः५० बजे ५.३ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भारतमा गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको हो । कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, धनकुटा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसअघि प्रकाशित समाचार पूर्वी नेपालमा भूकम्...
धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरू राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट ...
विराटनगरमा प्रहरीलाई यसरी गराइयो भीड नियन्त्रण अभ्यास (फोटो फिचरसहित)

विराटनगरमा प्रहरीलाई यसरी गराइयो भीड नियन्त्रण अभ्यास (फोटो फिचरसहित)

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार विराटनगरमा भीड नियन्त्रण अभ्यास गराइएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गरेका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र...
धनकुटामा एकैदिन तीन घरमा आगलागी, आगोमा जलेर वृद्धाको मृत्यु

धनकुटामा एकैदिन तीन घरमा आगलागी, आगोमा जलेर वृद्धाको मृत्यु

धनकुटा । धनकुटामा सोमबार एकैदिन तीन घरमा आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने करिब २५ लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिकाका दुई र साँगुरीगढी गाउँपालिकाको एक घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चोकचिरानमा घरमा आगलागी हुँदा जलेर ६९ वर्षीया वृद्धा जीवन सार्कीको मृत्यु भएको हो ।...
धनकुटामा माझी समुदायले २२ वर्षपछि यसरी मनाए लदी पर्व (फोटो फिचरसहित)

धनकुटामा माझी समुदायले २२ वर्षपछि यसरी मनाए लदी पर्व (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका माझी समुदायले २२ वर्षपछि मंगलबार लदी पर्व मनाएका छन् । सीमान्तकृत माझी समुदायले तमोर नदी किनारमा पुजा गरेर धुमधामपूर्वक लदी पर्व मनाएका हुन् । कोशी पुजा र लदी पुजा पनि भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । कुशेटारमा नेपाल माझी उत्थान संघले यो पुजा आयोजना गरेको हो । तमोरको किनारमा बोकाको बली दिएर उनीहरूले डुंगा, माछा मार्ने जाल, फ...
अछाममा केएमसीको तीन शिविरबाट नौ हजार बिरामीले पाए निःशुल्क उपचार

अछाममा केएमसीको तीन शिविरबाट नौ हजार बिरामीले पाए निःशुल्क उपचार

अछाम । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौ हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलवजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ बिरामीले निःशुल्क उपचार पाएका हुन् । पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर विनायकमा सञ्चालन गरिएको दुई दिने शि...
महेन्द्र मोरङ क्याम्पसका सात प्राध्यापक सम्मानित

महेन्द्र मोरङ क्याम्पसका सात प्राध्यापक सम्मानित

विराटनगर । महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरूलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानि...
शिवरात्रिका कारण विश्रान्तिमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)

शिवरात्रिका कारण विश्रान्तिमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)

धनकुटा । महाशिवरात्रिको अवसरमा आज धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । धनकुटाका बिभिन्न स्थानसहित छिमेकी जिल्लाहरुबाट पनि भक्तजनहरू मन्दिरमा आएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । शिवरात्रिकै अवसरमा विश्रान्ति मन्दिर परिसरमा मिनी मेला पनि आयोजना गरिएको छ । ...
error: Content is protected !!