कोरोना संक्रमण भएका पूर्वमन्त्री थापाको स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना
काठमाडौं । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र खोकी बढेपछि थापा दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेशनमा भर्ना भएका हुन् ।
गृह जिल्ला धनकुटामा करिब एक महिना बसेर काठमाडौं फर्किए लगत्तै थापामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको स्टार अस्पतालमा परी...