संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ बुधनगर टोलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय बुद्धिराम राजवंशी छन् ।

प्रहरीका अनुसार आफ्नै खेतमा रुखको हाँगा काट्ने क्रममा बिहीबार साँझ ६ बजेतिर उनी लडेका थिए । रुखबाट लडेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!