काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले वडा तहसम्म आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
माघ ३ गते ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिनेछ । त्यस्तै, माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय गरिएको काँग्रेसले जनाएको छ ।