विराटनगर । प्रदेश १ मा आइतवार २४ जना कोरोना संक्रमित थपिएका छन् । ३५८ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २ तथा पाँचथर र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २/२, रतुवामाई र बेलबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । धनकुटाका २ जनामा संक्रमण पुष्टि भएको छ । पाँचथरको फिदिम र भोजपुरमा १/१ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या २९ हजार ८६९ पुगेको छ । जसमध्ये २८ हजार ६५८ जना डिस्चार्ज भएका छन् ।
यसैवीच, पछिल्लो २४ घण्टामा प्रदेश १ का १३३ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १३० जना निको भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १/१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।