- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र मदन भण्डारी फाउन्डेशनको जगमा राजनीतिलाई चिरस्थायी गर्न चाहेको बताएकी छन् ।

Advertisement

आइतबार विराटनगरमा आयोजित अनेरास्ववियू मोरङ जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई बैशाखीको रुपमा प्रयोग गरेको उनको आरोप छ । उनले प्रधानमन्त्री ओली कम्युनिष्ट पार्टी मजवुद बनाउँने पक्षमा नरहेको स्पष्ट पारिन् ।

प्रधानमन्त्री ओलीले जनताको जननिर्वाचित थलोलाई अपहेलित गर्दै खारेज गरेर आफुमात्र टिकिरहन चाहेको बताइन् । प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने उनको बिश्लेषण छ ।

ओली पक्षका नेता कार्यकर्ताहरुले मुलुकभरी साईबर सेना बनाउँदै हिडेको प्रति आक्रोस पोख्दै उनले फरक विचारधाराका व्यक्तिहरुलाई चरित्र हत्या गर्न लागिपर्नु लज्जास्पद भएको टिप्पणी गरिन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!