विराटनगरवासीलाई सुरक्षा चिन्ता, ढुक्क भएर चाडपर्व मनाउन प्रहरीको आग्रह
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले चाडपर्वको मुखमा सुरक्षा चुनौती थपिएको भन्दै विराटनगरवासी चिन्तित देखिएका छन् । मौकाको फाइदा उठाएर चोरी, डकैती लगायतका आपराधिक घटना हुन सक्ने भन्दै चिन्तित देखिएका हुन् ।
आन्दोलनका क्रममा प्रहरीको मनोबल कमजोर भएका कारण सक्रिय भएर काम गर्ने वातावरण नहुँदा चिन्ता थपिएको उनीहरू बताउँछन् । आन्दोलनपछि विराटनगरमा ट्राफिक व्यवस...































