धनकुटामा चाडपर्व नजिकिंदै जाँदा सुरक्षा व्यवस्था कडाई

धनकुटामा चाडपर्व नजिकिंदै जाँदा सुरक्षा व्यवस्था कडाई

धनकुटा, २२ असोज । चाडपर्व नजिकिंदै जाँदा जिल्ला प्रशासन कार्यालय धनकुटाले शान्ति सुरक्षा व्यवस्थामा कडाई गरिने जनाएको छ । दशैं, तिहार, म्ह पूजा, छठ पर्व नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मजबुत पारिने प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए । जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्व नजिकिदैँ गरेको अवस्थामा सुरक्षा व्यवस्था र कालोबजारी नियन्त्रणबारे जिल्लास्थि...
कांग्रेस नेता पौडेल सम्मानित

कांग्रेस नेता पौडेल सम्मानित

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसलाई सुदृढ बनाउँदै क्रियासिल बनाउन सशक्त भूमिका निर्वाह गरेको भन्दै नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई आइतवार नेपाली कांग्रेस धनकुटा— काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा सम्मान गरेको छ । सम्पन्न तीन वटै निर्वाचनमा पराजित भई कमजोर तथा निस्क्रिय जस्तै बनेको कांग्रेसलाई सुदृढ र सशक्त बनाउन तथा संगठन विस्तारमा निरन्तर क्रियासिल रहेका कांग्रेसका केन्द्रीय...
धनकुटाको साँगुरीगढीमा सिमी खेतीबाट मनग्य आम्दानी

धनकुटाको साँगुरीगढीमा सिमी खेतीबाट मनग्य आम्दानी

धनकुटा, २२ असोज । धनकुटा साँगुरीगढी गाउँपालिकाका किसानले व्यावसायिक सिमी खेतिबाट मनग्य आम्दामी गर्न थालेका छन् । १२ वर्ष देखि व्यावसायिक सिमी खेति गर्दै आएका साँगुरीगढी ८ पिप्लेका किसान पत्थरसिंह राईले यस वर्ष सिमी बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गरेको बताए। सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईले पनि यो वर्ष सिमीको तरकारी बेचेर १ लाख आम्दामी गर्न सफल भए। गाउँघरमा नै माग बढि हुने र आसप...
चिया मजदुर र उद्योगीबीच भएको वार्ता निष्कर्षविहीन

चिया मजदुर र उद्योगीबीच भएको वार्ता निष्कर्षविहीन

धनकुटा, २२ असोज । गुराँसे टी-स्टेटले कामबाट निकालेका चिया मजदुर र कारखाना व्यावस्थापकबिचको वार्ता निष्कर्ष विहीन भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतवार वार्ताको प्रयास भएपनि सहमति हुन नसकेको हो। चिया कारखानाले निकालेका चिया मजदुरलाई पुर्नबहाली गर्न नसक्ने जनाएपछि वार्ता निष्कर्षविहीन भएको जनाईएको छ । निष्कासित चिया मजदुरले आफुहरुलाई पुर्नबहाली, श्रम तथा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान...
प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ ...
युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ: डा.शर्मा

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ: डा.शर्मा

विराटनगर, २१ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय ...
सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

संखुवासभा, २१ असोज । अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ ...
इटहरीमा प्रदेश एकको नामाकरणबारे छलफल

इटहरीमा प्रदेश एकको नामाकरणबारे छलफल

इटहरी, २१ असोज । नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्रा...
इनरुवामा शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवामा शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा, २० असोज । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको त...
भारतको बथनाहाबाट एक महिनाभित्रै विराटनगरमा रेल

भारतको बथनाहाबाट एक महिनाभित्रै विराटनगरमा रेल

विराटनगर, २० असोज । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ। विराटनगर र बथनाहा अब एक महिनाभित्र रेलमार्गले जोडिने भएका छन्। नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रूपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधीन रेलमार्ग अनुगमन गरेका छन्। दुवै देशका अधिकारीले एक महिनाभित्र बथानाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने जानकारी दिए। नेपालले जग्गा...
ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने: मुख्यमन्त्री राई

ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने: मुख्यमन्त्री राई

विराटनगर, १९ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताउनुभएको छ । ‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले महानगरपालिका, ...
लेगुवा–भोजपुरको गाडी भाडा घटाइयो, भोजपुरमा ग्यासको मुल्य पनि घट्यो

लेगुवा–भोजपुरको गाडी भाडा घटाइयो, भोजपुरमा ग्यासको मुल्य पनि घट्यो

भोजपुर, १९ असोज । दशै नजिकिएसँगै लेगुवा–भोजपुर सडक खण्डको गाडी भाडा घटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसँग भएको बैठकले भाडादर घटाउँने निर्णय गरेको हो । बैठकले भोजपुरमा ग्याँसको मुल्य पनि घटाएको छ । भोजपुरलाई धनकुटासहित तराईका जिल्लासँग जोड्ने लेगुवा–भोजपुर सडक खण्डको स्तरोन्नती भएपछि एक सय रुपैया भाडा घटाएको हो । ६६ किलोमिटर रहेको उक्त सडक खण्डमा यात्रुहरुले ५ सय रुपैया भाडा तिर...
‘घर जान मन छ लगिदिनोस्’

‘घर जान मन छ लगिदिनोस्’

काठमाडौँ, १९ असोज । उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे । बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार ग¥यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको छ । “उनलाई संरक्षणमा राखेका छौँ,” केन्द्रका प्रमुख कृष्णबहादुर राजभण्डारीले भ...
नेपाल बायु सेवा निगमले ताप्लेजुङ-काठमाडौँ उडान शुरु गर्ने

नेपाल बायु सेवा निगमले ताप्लेजुङ-काठमाडौँ उडान शुरु गर्ने

ताप्लेजुङ, १९ असोज । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ-ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडा...
सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने

सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने

धरान, १९ असोज । प्रसिद्ध धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीसम्म केबलकार सञ्चालनका लागि सभ्याव्यता अध्ययन सुरु गरिएको छ । बराहक्षेत्र मन्दिरदेखि उदयपुरको बेलका नगरपालिकाको मैनामैनीसम्म सञ्चालन हुने केबलकार करिब तीन किलोमिटर लामो हुने बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए । प्राविधिकहरूको प्रारम्भिक रिपोर्टअनुसार छोटो दूरी भएकाले केबलकार सञ्चालन गर्न सकिने देखिएको उनको ...
डा.सुनिल शर्मालाई अग्रजको सम्मान, शर्माद्वारा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार सहयोग

डा.सुनिल शर्मालाई अग्रजको सम्मान, शर्माद्वारा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार सहयोग

बिराटनगर, १८ असोज । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि स...
प्रदेश १ का पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

प्रदेश १ का पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

विराटनगर, १८ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भने । उनले प्रदेश नं १ अन्तर्गत पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण गर्ने तयारी भइरहेको जानका...
अलैँचीको विकल्प खोज्दै किसान

अलैँचीको विकल्प खोज्दै किसान

इलाम, १८ असोज । ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो करेसाबारीसमेत खाली नराखी किसानले अलैँची खेती गरेका थिए । पर्याप्त आम्दानी लिइरहेका बेला...
खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ: मुख्यमन्त्री राई

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ: मुख्यमन्त्री राई

विराटनगर, १८ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’ मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दू...
मोरङमा चाडपर्व लक्षित एक हजार प्रहरी परिचालन

मोरङमा चाडपर्व लक्षित एक हजार प्रहरी परिचालन

मोरङ, १८ असोज । आउदै गरेको चार्डपर्वलाई लक्षित गरी मोरङ प्रहरी कार्यालयले एम्वुस नीतिसँगै करिब एक हजार बढी प्रहरी परिचालन गर्ने जनाएको छ । मोरङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार अन्य समय भन्दा चाडपर्वमा बढी लुटपाट, चोरी, झै–झगडा जस्ता अपराधिक गतिविधिका घटना बढ्न सक्ने भएकोले सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । एसपी केसीले भने, ‘आउदै गरेको दशै, तिहार, म्हँ पूजा, छठमा ...
मुख्यमन्त्री राई भन्छन्- केन्द्रीय सरकार नै विकासको बाधक

मुख्यमन्त्री राई भन्छन्- केन्द्रीय सरकार नै विकासको बाधक

विराटनगर, १७ असोज।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय र प्रदेश सरकारको अधिकारको उपभोग, नीति निर्माण र कामबारे सामन्जस्यता कायम गर्न बुधबार विराटनगरमा आयोजित प्रदेश १ को पहिलो प्रदेश समन्वय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । मुख्यमन्त्री राईले...
धनकुटामा आगलागीबाट चार घर जल्दा २५ लाखको क्षति

धनकुटामा आगलागीबाट चार घर जल्दा २५ लाखको क्षति

धनकुटा, १७ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाडाँखर्कमा बुधबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । स्थानीय ज्ञानबहादुर मगरको घरमा विधुत सर्ट भई सुरु भएको आगोले छिमेकी कमलादेवी खड्का, रिपुमर्दन राई र कालुमान राईको घर जलेर नष्ट भएको हो । विहान करिव साढे ११ बजे सुरु भएको आगो स्थानीयबासी र सुरक्षाकर्मीले करिव ४ घण्टापछि नियन्त्रणमा लिएका थिए । घरभित्र रहेका सम्पूर्ण सामानहरु आगोेल...
पाँचथरको दक्षिणी क्षेत्रमा खानेपानीकै अभावमा गाउँ खाली हुँदै

पाँचथरको दक्षिणी क्षेत्रमा खानेपानीकै अभावमा गाउँ खाली हुँदै

पाँचथर, १७ असोज । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी पर्न थालेपछि यहाँका अधिकांश स्थानीयवासी अन्यत्र बसाइँ सरेर ज...
धनकुटाकाे गुराँसे टी-स्टेटमा मजदुरले लगाएको ताला मजदुरले नै तोडे

धनकुटाकाे गुराँसे टी-स्टेटमा मजदुरले लगाएको ताला मजदुरले नै तोडे

धनकुटा, १७ असोज । धनकुटाको हिलेमा रहेको गुराँसे टी-स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन्। उद्योगले ज्यालादारी मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै पुर्नबहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले कारखानाको मुल गेटमा बुधबार ताला लगाएको थियो । तर ताला लगाएको केहि बेरपछि नै कारखानामा मासिक तलबमा काम गर्ने मजदुरले आफुहरुसँग कुनै सल्लाह नगरी त...
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

विराटनगर, १७ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने । मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै...
नेशनल लाईफ ईन्स्योरेन्स धनकुटाबाट मृत्यु दावी भुक्तानी

नेशनल लाईफ ईन्स्योरेन्स धनकुटाबाट मृत्यु दावी भुक्तानी

धनकुटा, १७ असोज । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लि. धनकुटा शाखाले बिमीत दिपीका बराललाई मंगलबार ३ लाख २५ हजार मृत्यु दावी भुक्तानी गरेको छ । धनकुटा नगरपालिका २ भीरगाउँका स्वर्गीय धर्मप्रसाद अधिकारीकी श्रीमती बराललाई नेशनल लाईफ ईन्स्योरेन्सको दम्पती अमृत बिमा बापतको मृत्यु दाबी भुक्तानी गरीएको शाखा प्रमुख भेषराज कटेलले जानकारी दिए । सामान्य बिरामी भई असार २४ गते मृत्यु भएका अधिकारीकी श्रीमती बरा...
धनकुटाका कृषक बेसार खेतितर्फ आकर्षित

धनकुटाका कृषक बेसार खेतितर्फ आकर्षित

धनकुटा, १७ असोज । धनकुटा साँगुरिगढीका किसानहरु व्यवशायिक बेसार खेति तर्फ आकर्षित भएका छन्। साँगुरिगढि आहालेका किसान भतगसिंह राईले करिब १४ रोपनीमा बेसार खेति गर्दै आएका छन्। विगत २०६३ साल देखि व्यावसायिक बेसार खेति गर्दै आएका राईले वार्षिक ५ लाख भन्दा बढि आम्दानी हुने बताए। भट्टीमा सुकाएको बेसार गाउँ मै प्रति केजी ३ सय ५० रुपैयाँसम्ममा विक्रि हुने गरेको किसान राईले बताए । सोहि वडाका अर्का किसान...
१४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने ५ बलात्कारीलाई दश बर्ष जेल

१४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने ५ बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, १७ असोज। उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका न...
प्रदेश १ को नाम र राजधानीको टुङ्गो चाँडै लाग्ने

प्रदेश १ को नाम र राजधानीको टुङ्गो चाँडै लाग्ने

विराटनगर, १६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताएका छन् । उनले राष्ट्रिय समाचार समितिसँग आज कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलको दुई दिनदेखि यहाँ भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताए । उनले नामको ट्ङगो ...
विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगर, १६ असोज । धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवाहरु एकै स्थानबाट उपलब्ध गराउने उद्धेस्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रर्दशनी २०७५’ हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा आगामी असोज १९ र २० गते विराटनगरको जैन भवनको प्राङ्गणमा दुई दिने पूँजी बजार प्रदर्शनी हुने भएको छ । नेपाल धितोपत्र बोर्ड नेपालले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजनामा सो जानकारी दिईए...
चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

इलाम, १६ असोज । अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन ‘झन्झट’ गर्न चाहदैनन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द द...
error: Content is protected !!