चौथो घोडेटार गोल्डकप शुरु
भोजपुर, ८ कात्तिक । हतुवागढी गाउँपालिकामा चौथो घोडेटार गोल्डकप २०७५ आजदेखि शुरु भएको छ । यही कात्तिक १२ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले आज उद्घाटन गरे । आज भएको पहिलो खेलमा आयोजक घोडेटार फुटबल क्लबले हतुवाली ब्रदर्श फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।
त्यस्तै दोस्रो खेलमा नरहा फुटबल क्लब स...






























