धरान, १९ असोज । प्रसिद्ध धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीसम्म केबलकार सञ्चालनका लागि सभ्याव्यता अध्ययन सुरु गरिएको छ । बराहक्षेत्र मन्दिरदेखि उदयपुरको बेलका नगरपालिकाको मैनामैनीसम्म सञ्चालन हुने केबलकार करिब तीन किलोमिटर लामो हुने बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए ।

प्राविधिकहरूको प्रारम्भिक रिपोर्टअनुसार छोटो दूरी भएकाले केबलकार सञ्चालन गर्न सकिने देखिएको उनको भनाइ छ । यसअघि चन्द्रागिरि हिल केबलकारको अध्ययन गरेको गोसाइँकुण्ड दर्शन केबलकार प्रालि काठमाडौंको प्राविधिक टोलीले गत १४ असोजमा स्थलगत अध्ययन गरेको थापाले जानकारी दिए ।

Advertisement

प्राविधिक टोलीले बराहक्षेत्रमा एउटा स्टेसन र मैनामैनीमा एउटा स्टेसन राखेर सञ्चालन गर्न सकिने जनाएको बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए । ‘अत्यन्त छोटो दूरीमा भएकाले केबलकार सञ्चालन उपयुक्त हुने प्राविधिक टोलीले बताएका छन्,’ भट्टराईले भने, ‘एक सातामा डिपिआर रिपोर्ट दिने भनेका छन्, त्यसपछि बराहक्षेत्र नगरपालिकासँग समन्वय गरेर काम अगाडि बढ्छ ।’ डिपिआरका लागि प्राविधिक टोलीले दुई लाख ५० हजार रकम प्रस्ताव गरेका छन् ।, आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

यी हुन् केबलकारले जोड्ने पर्यटकीयस्थल
सेनवंशले शासन गरेको चौदण्डीगढीबाट टंकेला गुफा चार किलोमिटर पूर्वमा पर्छ । सो गुफा सप्तकोसीसम्म पुगेको स्थानीय बताउँछन् । गुफानजिकै कोलुङ झरना छ । त्यहाँबाट एक किलोमिटर दूरीमा रानी झरना छ । रानी झरनाबाट दुई किलोमिटर दूरीमा मैना राजा मैना रानीको ऐतिहासिक स्थल छ । त्यहाँबाट तीन किलोमिटर पूर्व बराहक्षेत्रसम्म केबरकार सञ्चालन हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!