संगालोखबर सम्वाददाता

धनकुटा, १७ असोज । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लि. धनकुटा शाखाले बिमीत दिपीका बराललाई मंगलबार ३ लाख २५ हजार मृत्यु दावी भुक्तानी गरेको छ ।

Advertisement

धनकुटा नगरपालिका २ भीरगाउँका स्वर्गीय धर्मप्रसाद अधिकारीकी श्रीमती बराललाई नेशनल लाईफ ईन्स्योरेन्सको दम्पती अमृत बिमा बापतको मृत्यु दाबी भुक्तानी गरीएको शाखा प्रमुख भेषराज कटेलले जानकारी दिए । सामान्य बिरामी भई असार २४ गते मृत्यु भएका अधिकारीकी श्रीमती बराललाई सो रकमको चेक शाखा प्रमुख कटेलले विशेष कार्यक्रमका बिच हस्तान्तरण गरे ।

दुई दम्पतीले ३ बर्ष अगाडी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लि.को धनकुटा शाखाबाट दम्पती अमृत जिबन बिमा गराएका थिए ।

कम्पनिले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै बिमीत बरालले परीवारको सदस्य गुमाउनु परेको दुखको यो क्षणमा पनि आफुहरुले गरेको बिमा बापतको दाबी भुक्तानीले आर्थिक रुपमा आफनो परीवारलाइ केहि सहज हुने बताइन् । उनले दिनानु दिन संभावित जोखिम बढदै गएकोले जीबन बिमा आजको आवस्यकता रहेको बताइन् ।

उक्त दम्पती अमृत जिबन बिमा अन्तर्गत श्रीमान या श्रीमतीको मृत्यु भएमा बिमाङ्क रकम बराबरको रकम सोही समयमा भुक्तानी पाउने, वार्षिक तिर्नु पर्ने बिमा शुल्क रकम मिनाहा हुने र बिमा समाप्तीमा पुन बिमाङ्क रकम र आर्जित बोनस बिमीतलाई प्राप्त हुने प्रावधान रहेको कम्पनिको ब्यवसाय प्रबन्धक यनुकला राईले बताईन् ।

मृत्यु दावी भुक्तानी गर्न आयोजित कार्यक्रममा सनराईज बैकका मेनेजर दिनेश शर्मा, कम्पनिका बिजनेश अफिसर सरु खनाल, धनकुटा मोडल हस्पिटलका मार्केटिङ्क मेनेजर सोमराज तिम्सीना लगायतले बिमाले मानिसलाई अप्ठ्यारो परेको बेलामा आर्थिक रुपमा सहज बनाउने भन्दै बिमा गराउनु आवस्यक रहेको धारणा राखे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!