संगालोखबर सम्वाददाता

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसलाई सुदृढ बनाउँदै क्रियासिल बनाउन सशक्त भूमिका निर्वाह गरेको भन्दै नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई आइतवार नेपाली कांग्रेस धनकुटा— काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा सम्मान गरेको छ ।

Advertisement

सम्पन्न तीन वटै निर्वाचनमा पराजित भई कमजोर तथा निस्क्रिय जस्तै बनेको कांग्रेसलाई सुदृढ र सशक्त बनाउन तथा संगठन विस्तारमा निरन्तर क्रियासिल रहेका कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेललाई सम्पर्क समितिका सभापति भीमबहादुर थापा, सल्लाहकार गोपाल अधिकारी र कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गरेका छन् ।

सम्मानित पौडेलले नयाँ ढंगबाट क्रियासिल बनाउँदै दह्रिलो पार्टी बनाउन सक्रिय जोड दिनु रहने बताए । उनले लोकतन्त्र खतरामा पर्न लागेकाले अब कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न जरुरी रहेको जोड दिए ।

कार्यक्रमका स्वागत मन्तव्य सम्र्पक समितिका कोषाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले व्यक्त गरे भने कार्यक्रमको संचालन सम्पर्क समितिका मीन खड्काले गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!