पदम राइ/संगालोखबर

धनकुटा, १७ असोज । धनकुटा साँगुरिगढीका किसानहरु व्यवशायिक बेसार खेति तर्फ आकर्षित भएका छन्।

Advertisement

साँगुरिगढि आहालेका किसान भतगसिंह राईले करिब १४ रोपनीमा बेसार खेति गर्दै आएका छन्। विगत २०६३ साल देखि व्यावसायिक बेसार खेति गर्दै आएका राईले वार्षिक ५ लाख भन्दा बढि आम्दानी हुने बताए।

भट्टीमा सुकाएको बेसार गाउँ मै प्रति केजी ३ सय ५० रुपैयाँसम्ममा विक्रि हुने गरेको किसान राईले बताए । सोहि वडाका अर्का किसान रणबहादुर राईले पनि करिब ९ रोपनि क्षेत्रफलमा व्यावशायिक बेसार खेति विस्तार गरेका छन् ।

बेसार भिरालो जमिन, भिर पाखा , सिचाई नपुगेको ठाउँमा पनि सजिलै उत्पादन गर्न सकिने किसान राईको भनाई छ। विशेषगरी साँगुरिगढि ७,८, ९ र १० वडामा बेसारको व्यावसायिक खेतिमा कृषक आकर्षित भएका छन् ।

परम्परागत रुपमा बेसार खेति गर्दै आएका किसाहरुले आगामी वर्षदेखि आधुनिक तरिकाले खेति सुरु गर्ने योजना रहेको जनाएका छन्। आहाले र महाभारतलाई बेसार खेतिको लागि पकट क्षेत्र घोषणा गरि आर्थिक सहयोग गर्न प्रदेश सरकार संग माग समेत राखेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!