विराटनगर, १६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताएका छन् ।

Advertisement

उनले राष्ट्रिय समाचार समितिसँग आज कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलको दुई दिनदेखि यहाँ भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताए ।

उनले नामको ट्ङगो लागेपछि विभिन्न राजनीतिक दलसँगको छलफलपछि प्रदेशसभामा पेश गरी यही अधिवेशनभित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिए ।

आजसम्म २० प्रदेशसभा सदस्यले बोलिसकेको बताइएको छ । प्रदेश नं १ मा नेकपाका ६७ प्रदेशसभा सदस्य छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!