प्रेम देवान/संगालोखबर

मोरङ, १८ असोज । आउदै गरेको चार्डपर्वलाई लक्षित गरी मोरङ प्रहरी कार्यालयले एम्वुस नीतिसँगै करिब एक हजार बढी प्रहरी परिचालन गर्ने जनाएको छ ।

Advertisement

मोरङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार अन्य समय भन्दा चाडपर्वमा बढी लुटपाट, चोरी, झै–झगडा जस्ता अपराधिक गतिविधिका घटना बढ्न सक्ने भएकोले सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

एसपी केसीले भने, ‘आउदै गरेको दशै, तिहार, म्हँ पूजा, छठमा पर्व सर्वसाधारणले हर्षोल्लास रुपमा मनाउने वातावरणका लागि विशेष सुरक्षा रणनीति अपनाउने योजनामा छौ’ केसीका अनुसार जिल्लालाई ९ क्षेत्रमा विभाजन गरी सुरक्षाका लागि ९ सय ५० प्रहरी परिचालन गरिनेछ ।

यसैगरी वित्तीय संस्था, सुनचाँदी लगायत अन्य पसलमा सादा पोशाकमा हतियार सहितको प्रहरीको व्यवस्था गरिएको एसपी केसीले बताए ।

यसैगरी सीमाक्षेत्रमा विशेष सर्तकता, मुख्य मार्ग तथा सहायक मार्गमा सवारी चेकजाँचको विशेष व्यवस्था, जुवातास नियन्त्रण, मादक पदार्थ विक्री वितरण क्षेत्रमा विशेष अनुगमान, मापसे गरी सवारी साधन संचालक विशेष अनुगमन, पटका नियन्त्रण, व्यस्त क्षेत्र यौन दुव्र्यवहार नियन्त्रण आदि लगायतका रणनीति जिल्ला प्रहरी कार्यालयले अपनाएको जनाएको छ ।

चाडपर्वका वेला सीमा क्षेत्रबाट हुने हातहतियार ओसारपसार नियन्त्रण, अवैध पैठारी नियन्त्रण, लागूपदार्थ ओसारपसार नियन्त्रणमा सर्तकता ,समाजमा शान्ति सुरक्षा भङ्ग गर्नेलाई नियन्त्रण आदि कार्यमा विशेष सर्तकता अपनाइने भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले गाँउ टोलका घरमा चोरी तथा लुटपाट नियन्त्रणको विशेष सुरक्षाका अनुरुप एम्वुस नीति ल्याएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!