पदम राई/संगालोखबर

धनकुटा, २२ असोज । धनकुटा साँगुरीगढी गाउँपालिकाका किसानले व्यावसायिक सिमी खेतिबाट मनग्य आम्दामी गर्न थालेका छन् ।

Advertisement

१२ वर्ष देखि व्यावसायिक सिमी खेति गर्दै आएका साँगुरीगढी ८ पिप्लेका किसान पत्थरसिंह राईले यस वर्ष सिमी बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गरेको बताए। सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईले पनि यो वर्ष सिमीको तरकारी बेचेर १ लाख आम्दामी गर्न सफल भए।

गाउँघरमा नै माग बढि हुने र आसपासका बजार धरान, भेडेटार, ईटहरी, विराटनगर लगायतका स्थानमा बिक्रि गर्न सफल भएपछि आफुहरु यस खेतितर्फ जुटेको स्थानीय रामप्रसाद राईले बताउँछन् ।

राईले पनि सिमी बेचेर ६० हजार भन्दा बढि आम्दामी गरेको बताए। गाउँमा नै सिमी प्रति केजी ४० देखि ५० रुपैयाँमा बिक्रि हुने गरेको छ । विगत वर्षको तुलनामा यस वर्ष २० रुपैयाँ बढि मुल्य पाएकोले किसान दंग छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!