सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने
धरान, १९ असोज । प्रसिद्ध धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीसम्म केबलकार सञ्चालनका लागि सभ्याव्यता अध्ययन सुरु गरिएको छ । बराहक्षेत्र मन्दिरदेखि उदयपुरको बेलका नगरपालिकाको मैनामैनीसम्म सञ्चालन हुने केबलकार करिब तीन किलोमिटर लामो हुने बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए ।
प्राविधिकहरूको प्रारम्भिक रिपोर्टअनुसार छोटो दूरी भएकाले केबलकार सञ्चालन गर्न सकिने देखिएको उनको ...



























