संगालोखबर सम्वाददाता

धनकुटा, २२ असोज । चाडपर्व नजिकिंदै जाँदा जिल्ला प्रशासन कार्यालय धनकुटाले शान्ति सुरक्षा व्यवस्थामा कडाई गरिने जनाएको छ ।

Advertisement

दशैं, तिहार, म्ह पूजा, छठ पर्व नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मजबुत पारिने प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए । जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्व नजिकिदैँ गरेको अवस्थामा सुरक्षा व्यवस्था र कालोबजारी नियन्त्रणबारे जिल्लास्थित सरोकारवालासँग छलफल कार्यक्रम समेत आयोजना गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना, आपूर्ति सहज र सामाजिक विकृति नियन्त्रणका विषयमा सरोकारवालाको सुझाव संकलन गरिएको प्रशासन स्रोतको भनाई छ । कार्यक्रममा सहभागीहरुले बजार अनुगमन तिव्र पारिनुपर्ने, जुवा, तास नियन्त्रण र सवारी सुरक्षाका लागि प्रशासन लाग्नुपर्ने बताए ।

प्रजिअ कार्कीले हाल बनेको कानुनले बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई दिएकोले त्यसतर्फ स्थानिय सरकार लाग्नुपर्ने बताए। उनले जिल्ला प्रशासन कार्यलयले सबै स्थानीय सरकारलाई अनुगमन गर्न अनुरोध गरेको जानकारी दिए।

कार्कीले स्थानीय सरकारले सहकार्य गरेमा जहिले पनि तयार रहेको बताए। कार्यक्रममा जिल्ला समन्वय प्रमुख टंक चुवान, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, धनकुटा नगरपालिका उपप्रमुख शकुन्तला बस्नेतले चाडपर्वलाई लक्ष्यित सुरक्षा योजना, आपूर्ति सहज र सामाजिक विकृति नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सरोकारवालाहरुले आ-आफ्नो तर्फबाट सुझाव तथा समस्या राखेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!