वुद्ध तामाङ/संगालोखबर

भोजपुर, १९ असोज । दशै नजिकिएसँगै लेगुवा–भोजपुर सडक खण्डको गाडी भाडा घटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसँग भएको बैठकले भाडादर घटाउँने निर्णय गरेको हो । बैठकले भोजपुरमा ग्याँसको मुल्य पनि घटाएको छ ।

Advertisement

भोजपुरलाई धनकुटासहित तराईका जिल्लासँग जोड्ने लेगुवा–भोजपुर सडक खण्डको स्तरोन्नती भएपछि एक सय रुपैया भाडा घटाएको हो । ६६ किलोमिटर रहेको उक्त सडक खण्डमा यात्रुहरुले ५ सय रुपैया भाडा तिरेर आवतजावत गर्दै आएका थिए ।

त्यस्तै यहि २४ गतेबाट लागु हुने गरि ग्याँसको मुल्यमा पनि ७५ रुपैया घटाइएको छ । व्यवसायीहरुले प्रतिसिलिण्डर १ हजार ८ सय ७५ रुपैयामा वेच्दै आएको ग्यास अव उपभोक्ताहरुले १ हजार ८ सयमै पाउँने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले संगालोखबरलाई जानकारी दिए ।

त्यस्तै जिल्लामा वेलुका ८ वजेपछि मदिरा विक्री वितरणमासमेत रोक लगाएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, राजनीतिक दल, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, बस व्यवसायी, मासु व्यवसायी, होटल व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!