ईश्वर थापा/संगालोखबर
फाईल तस्वीर

धनकुटा, १७ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाडाँखर्कमा बुधबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

स्थानीय ज्ञानबहादुर मगरको घरमा विधुत सर्ट भई सुरु भएको आगोले छिमेकी कमलादेवी खड्का, रिपुमर्दन राई र कालुमान राईको घर जलेर नष्ट भएको हो ।

Advertisement

विहान करिव साढे ११ बजे सुरु भएको आगो स्थानीयबासी र सुरक्षाकर्मीले करिव ४ घण्टापछि नियन्त्रणमा लिएका थिए । घरभित्र रहेका सम्पूर्ण सामानहरु आगोेले जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिए ।

आगलागीबाट करिव २५ लाख वरावरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!