प्रेम देवान/संगालोखबर

विराटनगर, १६ असोज । धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवाहरु एकै स्थानबाट उपलब्ध गराउने उद्धेस्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रर्दशनी २०७५’ हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा आगामी असोज १९ र २० गते विराटनगरको जैन भवनको प्राङ्गणमा दुई दिने पूँजी बजार प्रदर्शनी हुने भएको छ ।

Advertisement

नेपाल धितोपत्र बोर्ड नेपालले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजनामा सो जानकारी दिईएको हो । विराटनगर नेपालको राजनीतिक क्रान्तिको उदय मात्र नभएर औद्योगीकरणको थालनी भएको ऐतिहासिक स्थलमा पहिलो पटक पूँजी बजार प्रर्दशनी गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए ।

प्रदेश नम्बर एकमा वित्तीय नयाँ बजारको पहु“च पुगेको अवस्थामा यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारको बारेमा सम्पुर्ण जानकारी गराउने मुल उदेस्य रहेको कार्कीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्कीले प्रर्दशनीमा लगानी कर्ताहरु सहित लगानकर्ताका लागी जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल तथा स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ्ग संस्था,सामुहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यावसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्य सम्बन्धी सेवा प्रदान गरिने छ ।

त्यसैगरी प्रर्दशनीमा धितोपत्र बजार सम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण,प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लागि आवश्यक पुँजी परिचालको संभावनका सम्बन्धमा जानकारी दिने रहेको छ ।

प्रर्दशनीमा सहभागी हुन आउने आगन्तुकलाई एकै छाना मुनी धितोपत्र र वस्तुविनियम बजार सम्बन्धी विविध जानकारी अल ईन वन गराईने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!