कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका...
भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्का...
भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए । भीरबाट करिब पाँच सय म...
ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो । केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहि...
झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो । राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्रा...
बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा आज पानी पर्ने सम्भावना छ । केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटा । धनकुटा नगरपालिका–६ र ७ वडाका किराना पसल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरी ४७ हजार रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । आज मंगलबार बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान पाइएको थियो । त्यस्तै, बढी मूल्य लिएको गुनासोका आधारमा धनकुटा बजारमा रहेका केही किराना पसल, डिलर, ग्यास डिलर, हार्डवेयर पसलहरुको अनुगमन गरिएक...
पटना र कटिहार क्वाटरफाइलनमा

पटना र कटिहार क्वाटरफाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा दोस्रो खेलमा भारत कटिहारको टिमले सिरहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । सिरहाले दिएको १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खे...
मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । त्यस क्रममा प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक भागीरथ हरिजनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले हरिजनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उनको साथबाट १३८ ग्राम खैरो हेरोइन बरामद भएको जनाइ...
मिल्स क्रिकेटः पटनासँग १२ रनले नेपाल पुलिस पराजित

मिल्स क्रिकेटः पटनासँग १२ रनले नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा आज मंगलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उ...
खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

विराटनगर । काठमाडौं महानगरपालिका–४ सुकेधारामा खोटाङका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा चोकको रोयल मार्बल नजिकै सडकको नालामा उनी मृत अवस्थामा आज बिहान भेटिएका हुन् । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त सम्पर्कमा आए...
धनकुटामा टिपरको ठक्करले बालकको मृत्यु

धनकुटामा टिपरको ठक्करले बालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढीमा आज बिहान टिपरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत साँगुरीगढी–६ चारखोलेमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार टिपरको ठक्करले सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भइ चारखोलेमा बस्दै आएका नरेश विश्वकर्माका १० वर्षीय छोरा सिसाङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको भेडेटारस्थित प्रहरी चौकीका प्रमुख ...
करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

इलाम । इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ । काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लाग्दा एकजना कामदारको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर माई नगरपालिका–६ का ३१ वर्षीय शक्तिकुमार राई गम्भीर घाइते भएका थिए । उपचारका लागि स्थानीय अस्पतालमा लगिएका उनको उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जा...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

बिर्तामोड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरे...
झापामा करेन्ट लागेर महिलाको मृत्यु

झापामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका–२ मा करेन्ट लागेर २३ वर्षीया मीना नामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी क...
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । ६२ जना सांसद उपस्थित रहेको प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले ५७ सांसदबाट विश्वासको मत पाएका हुन् । एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ३ र जसपाका १ सांसदले सांसदले पक्षमा मत दिएका हुन् । बैठकमा उपस...
खोलामा डुबेर ओखलढुङ्गामा एक युवक बेपत्ता

खोलामा डुबेर ओखलढुङ्गामा एक युवक बेपत्ता

विराटनगर । माछा मार्ने क्रममा खोलामा डुबेर ओखलढुङ्गामा एकजना युवक बेपत्ता भएका छन् । आइतबार साँझ चिशङ्खुगढी गाउँपालिका–७ स्थित ठोट्ने खोलामा साथीहरुसँग माछा मार्न गएका युवक डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिद्विचरण नगरपालिका–५ का २९ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए । आफन्त, स्थानीय बासिन्दा र प्रहरीसह...
मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र केराबारीमा भएका दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–५ मा बा ११ च २९२८ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा अटो चालक ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुन...
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कोइराला पदमुक्त

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कोइराला पदमुक्त

विराटनगर । कोशी प्रदेश मुख्य न्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधिवक्ता कोइरालालाई आज पदमुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरका सूचना अधिकारी रामकुमार श्रेष्ठले विज्ञप्तिमार्फत् मुख्यमन्त्रीको सिफारिसमा संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम वैशाख ३० गते मुख्य न्यायाधि...
सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

विराटनगर । कटुवा पेस्तोल हिँड्ने गरेका एकजनालाई प्रहरीले सङ्खुवासभामा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा प्रहरीले पेस्तोलसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । नुनढाकीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले एउटा कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका–१ का ४२ वर्षीय दिलकुमार चोङबाङलाई पक्राउ गरेको हो । स्थानीय नैनबहादुर लिम्बुको घरमा बस्दै आएका उनले पेस्तोल बोकेर हिँडिरहेको सूचना प...
सामान्य वर्षामै विराटनगर जलमग्न

सामान्य वर्षामै विराटनगर जलमग्न

विराटनगर । अचाक्ली गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला परेको पानीले विराटनगरबासीलाई राहत मिलेको छ । अर्काेतर्फ चिन्ता पनि थपिएको छ । सामान्य वर्षामै डुबानको समस्याले हैरान भएका विराटनगरबासीलाई यो वर्ष पनि के हुने हो भन्ने चिन्ता थपिएको हो । केही दिनअघि परेको सामान्य पानीले पनि केही क्षेत्रमा सामान्य डुबान भएको थियो । आज पनि बिहानैदेखि विराटनगरमा पानी परिरहेको छ । वर्षाका कारण विराटनगरका ध...
पाख्रीबासमा बस र बोलेरो ठोक्किएर दुर्घटना

पाख्रीबासमा बस र बोलेरो ठोक्किएर दुर्घटना

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित देवीथानमा आज बस र बोलेरो आपसमा ठोक्किएर दुर्घटना भएको छ । विराटनगरबाट भोजपुर जाँदै गरेको को १ ख ४६१० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेका मे १ ज २६११ नम्बरको बोलेरो ठोक्किएका हुन् । दुर्घटनामा मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालाय पाख्रीवासले जनाएको छ । बोलेरो आंशिक क्षति भएको भएको प्रहरीको भनाई छ । घुम्ती बाटो भएकाले दुर्घटना भएको र थप अनुसन...
ओखलढुंगामा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

ओखलढुंगामा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

विराटनगर । ओखलढुंगामा आज बिहान चट्याङले लागेर चारजना घाइते भएका छन् । लिखु गाउँपालिका–३ को जोगी गाउँमा परेको चट्याङले लागेर उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३८ वर्षीया कल्पना जोगी, छोरा १६ वर्षीय आशिष, १३ र १० वर्षीया छोरीहरु पूजा र आरती घाइते भएका हुन् । चट्याङ लागेर बेहोस भएका उनीहरु केही बेरपछि होसमा आएका थिए । हातखुट्टा झम्झ...
मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

विराटनगर । मोरङको बुढीगंगास्थित कृषि फार्ममा गएराति आगलागी भएको छ । आगलागीका कारण फार्मको विभिन्न सामग्री जलेर नष्ट हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुढीगंगा गाउँपालिका–६ सखुवाटोकीस्थित स्थानीय सञ्जय चौधरीको किवान्स कृषि फार्ममा आगलागी भएको हो । आगलागीमा परी कृषि फार्ममा रहेका अन्न, भाँडा, कपडा, मोटरसाइकल र केही नगदसमेत जलेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ आ...
२९औँ पटक सगरमाथा चुचुरोमा पुगे कामीरिता

२९औँ पटक सगरमाथा चुचुरोमा पुगे कामीरिता

विराटनगर । सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा चुचुरोमा पाइला टेकेका छन् । आज बिहान ७ः२५ बजे उनी सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।। सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका कामीरिताले यसअघिको आफ्नै रेकर्ड तोडेका छन् । यसअघि उनले २०२३ मा २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । विश्वकै दोस्रो अग्लो हिमाल के टू पनि आरोहण गरिसकेका उनले चोयू, ल्होत्से र मका...
मोरङको पथरी शनिश्चरेका युवकको काठमाडौंमा हत्या

मोरङको पथरी शनिश्चरेका युवकको काठमाडौंमा हत्या

विराटनगर । मोरङको पथरी शनिश्चरेका एक युवकको काठमाडौंमा हत्या भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा गएराति उनको हत्या भएको हो । पथरी शनिश्चरे नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–९ पिंगलास्थनमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट उनको छाती र ढाडमा गहिरो चोट लागेको जनाइएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च...
कोशी प्रदेशका विभिन्न क्षेत्रमा आज भारी वर्षा हुन सक्ने

कोशी प्रदेशका विभिन्न क्षेत्रमा आज भारी वर्षा हुन सक्ने

विराटनगर । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय क्षेत्रमा आज भारी वर्षा हुन सक्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले ती प्रदेशका केही क्षेत्रमा बिहानेदेखि वर्षा भइरहेको पनि जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी वायु, स्थानीय वायु,भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाइएको छ । अहिले काठमाडौं उपत्यकासहित ...
माईजोगमाईलाई हराउँदै इलाम फाइनलमा

माईजोगमाईलाई हराउँदै इलाम फाइनलमा

इलाम । इलाम इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माईजोगमाई गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै इलामले अन्तिम २ मा स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेश गरेसंगै इलामले कम्तीमा १ लाख २१ हजार १ सय ११ रुपैया सुरक्षित गरेको छ । इलामको जितमा प्रिन्स शेर्पा र कप्तान प्रदिप बिष्टले गोल गरे । माईजोगमाईका लवकुश राईले ए...
error: Content is protected !!