नेमुवामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । वीरगञ्जबाट विराटनगर आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलमा सवार बूढीगंगा-४ का ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार खड्का सप्तरीस्थित बोर्डर आउट पोस...































