संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढीमा आज बिहान टिपरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत साँगुरीगढी–६ चारखोलेमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार टिपरको ठक्करले सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भइ चारखोलेमा बस्दै आएका नरेश विश्वकर्माका १० वर्षीय छोरा सिसाङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको भेडेटारस्थित प्रहरी चौकीका प्रमुख जीवन कार्कीले संगालोखबरलाई जानकारी दिए ।

भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–२०–००१ ख ८१३४ नम्बरको टिपरले बिहान करिब ९ बजे उनलाई ठक्कर दिएको थियो । टिपर चालक सरोज सुब्बालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटना भएको टिपरलाई पनि नियन्त्रणमा लिएको छ । बालकको शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको कार्कीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!