संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । काठमाडौं महानगरपालिका–४ सुकेधारामा खोटाङका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा चोकको रोयल मार्बल नजिकै सडकको नालामा उनी मृत अवस्थामा आज बिहान भेटिएका हुन् । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त सम्पर्कमा आएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

निधारमा करिब दुई इन्च लामो खत भेटिएका गिरीको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!