हुलाकी राजमार्गको कटहरी खण्डमा तीनवटा ट्रक फसेपछि सडक अवरुद्ध
विराटनगर । मोरङको कटहरीस्थित हुलाकी राजमार्गमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेका छन् । हुलाकी सडकको हाटखोला-कटहरी खण्डमा तीनवटा ट्रक फसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
वर्षाका कारण कटहरी क्षेत्रको हुलाकी सडकमा दिनहुँ सवारी फस्ने गरेका छन् । आज तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको हो ।
वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा लोड गाडीहरू फसेर आवतजावतमा समस्या ...































